काठमाडौँ - मैत्रीपूर्ण खेलमा ब्राजिलले घानालाई पराजित गरेको छ। फ्रान्सको ले हाभ्रेमा शुक्रबार राति भएको खेलमा ब्राजिलले घानालाई ३–० गोल अन्तरले हराएको हो।
ब्राजिलको जितमा रिचार्लिसनले २ र मार्क्विन्होसले १ गोल गरेका थिए। फरवार्ड नेयमारको नाममा २ असिस्ट रह्यो।
अब ब्राजिलले कतार विश्वकप २०२२ अघिको अन्तिम मैत्रीपूर्ण खेलमा ट्युनिसियासँग बुधबार प्रतिस्पर्धा गर्दैछ।