‘उचाइ'बाट अनुपम खेरको झलक सार्वजनिक

भारत। बलिउडका अभिनेता अनुपम खेरको आउँदो चलचित्र ‘उचाइ’को सेटबाट एक तस्विर सार्वजनिक भएको छ।  सामाजिक सञ्जालमा सक्रिय रहने उनी प्रायः आफ्नो प्रशंसकहरुका लागि बिभिन्न तस्विर तथा भिडियो राखीरहन्छन्। उनले इन्स्टाग्राममार्फत आफ्नो चलचित्र ‘उचाइ’को सेटको एक बीटीएस तस्बिर सार्वजनिक गरेका हुन्।

तस्बिरमा उनी ग्रे रंगको स्वेटरमा गम्भीर भावमा देखिएका छन्। तस्विरका साथमा उनले लेखेका छन् ‘मलाई यो तस्बिर मनपर्छ। आशा छ कि तपाईंलाई पनि यो मनपर्नेछ । सुरज बडजात्याको उचाइ सेटबाट अभिनेता बोमन इरानीले लिएको तस्बिर।'

सुरज बडजात्यको निर्देशनमा बनेको चलचित्रमा अमिताभ बच्चन, परिणीति चोपडा, अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, सारिका, डेनी आदि कलाकारहरुको अभिनय रहनेछ। राजश्री प्रोडक्सन हाउसले निर्माण गरेको हो चलचित्रको छायांकन केही महिनाअघि नेपालमा गरिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×