ऋतिका बनिन् मिस एसईई स्टार

काठमाडौँ - ‘मिस एसईई स्टार २०२२’ को उपाधि  इस्टपोल स्कुलकी ऋतिका शाहले जितेकी छिन्। मिस ट्यालेन्ट र बेस्ट ड्रेसको सबटाइटल समेत जितेकी उनले शीर्ष उपाधिका साथमा विभिन्न गिफ्ट ह्याम्पर समेत हात पारेकी छिन्।

भवानी इन्टरटेनमेन्ट तथा ग्रेस इभेन्ट्सको संयुक्त आयोजना रहेको प्रतियोगितामा मिस एसईई ग्रेसको उपाधि मुस्कान नेवारले प्राप्त गरेकी छिन्। नेवारले मिस पर्सनालिटी र मिस पपुलरको टाइटल समेत हात पर्दा आकृति भट्टराई फस्ट रनर अप र विदिस्मा कुँवर सेकन्ड रनरअप चुनिएका छन्।

सगुन पाण्डेको कोरियोग्राफी र अभिनेता कोशिस क्षेत्री, निर्देशक विशाल भण्डारी, निर्माता श्रीदेव अर्याल, फेसन डिजाइनर सावित्री ढुङ्गाना तथा शिक्षाविद् राजन श्रेष्ठ प्रतियोगिताको निर्णायकमा रहेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×