काठमाडौँ - नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा महिलातर्फको स्वर्ण पदक त्रिभुवन आर्मीले जितेको छ।
आज भएको फाइनल खेलमा आर्मीले एपीएफलाई १०-० ले पछि पार्दै स्वर्ण पदक जितेको हो।
यस्तै कास्य पदक भने सुदूरपश्चिमको पोल्टामा परेको छ।
सुदूरपश्चिमले मधेश प्रदेशलाई ५-० ले पराजित गर्दै कास्य पदक जित्न सफल भएको हो।