काठमाडौँ। इमेज च्यानल एचडीमा गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ प्रसारण गरिने भएको छ। भ्वाइस स्टार नेपाल प्रालिको ब्यानरमा आयोजना हुन लागेको कार्यक्रमका निर्णायकहरुको घोषणा एक बिशेष कार्यक्रमको आयोजना गरि गरिनेछ। कार्यक्रममा भाग लिनका लागि पुष महिनाको पहिलो हप्ता बाट डिजिटल अडिसन सुरु हुनेछ र माघ महिनाको दोश्रो हफ्ताबाट फिजिकल अडिशन थालिनेछ। दुवै प्रक्रिया बाट छनौट भएका प्रतिस्पर्धीहरु २५ शृंखला सम्म भिड्नेछन्। विजेताले २५ लाख पुरस्कार प्राप्त गर्नेछन्। कार्यक्रमको प्रचारका लागि डिजिटल मिडियामा चाडै गेस द जजेज डिजिटल क्याम्पेन पनि सुरु गरिँदैछ। जसका विजेताले विभिन्न पुरस्कार जित्न सक्नेछन्।