काठमाडौँ - अर्को महिना बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलको तयारीमा रहेको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन।
राष्ट्रिय फुटबल टोलीका कार्यवहाक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले मंगलबार दोस्रो चरणमा ४० बाट ३० खेलाडीको छनोट गरेपछि १० खेलाडी टोलीबाट बाहिरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
दवेन्द्र तामाङ, छिरिङ गुरुङ,निशान खड्का, अमित तामाङ, गौतम श्रेष्ठ, पुजन उपरकोटी, राजन गुरुङ, सुवास गुरुङ, जर्जप्रिन्स कार्की र आशिष चापागाई दोस्रो चरणमा छनोट हुन सकेनन्। नेपाल र बंगलादेशबीच असोज ११ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ।
दोस्रो चरणमा छनोट भएका ३० खेलाडी
गोलकिपर - किरण चेम्जाङ, विकेश कुथे, विशाल श्रेष्ठ, दीप कार्की
गोलरक्षक - अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दीनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल
मिडफिल्डर - तेज तामाङ, सेसेहाङ आङदेम्बे, विशाल राई, एरिक विष्ट, मनीष डाँगी, सुरज ज्यू ठकुरी, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, आभाष लामिछाने, सुदीप गुरुङ, सन्जोग राई, अन्जन विष्ट
फरवार्ड - विमल घर्तीमगर, रितिक खड्का, अभिषेक रिजाज, भरत खवास, आशिष चौधरी, नवयुग श्रेष्ठ