काठमाडौँ - न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गर्दै घरेलु टोली वेस्ट इन्डिजले पहिलो एकदिवसीय (ओडिआई) खेल आफ्नो पक्षमा पारेको छ। १९१ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजल ३९ ओभरमा ५ विकेट गुमाउँदै विजयी भएको हो।
वेस्टइन्डिजको जितमा शमराह ब्रुक्सले सर्वाधिक ७९ रन बनाएका थिए। यस्तै, निकोलस पुरनले २८ र शाई होपले २६ रनको योगदान गरेका थिए। न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र टिम साउथीले समान २ विकेट लिएका थिए।
यसअघि बुधबार राति टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्ड ४५.२ ओभरमा सबै विकेट गुमाउदै १९० रन बनाएको थियो। न्युजिल्यान्डका कप्तान केन विलियम्सनले सर्वाधिक ३४ रन बनाएका थिए। यस्तै, मार्टिन गुप्टिल २४ र फिन एलेन २५ रनको योगदान गरेका थिए। वेस्टइन्डिजका अकिल हुसैनले ३ विकेट लिएका थिए।
यस जितसँगै ३ खेलको शृंखलामा बेस्ट इन्डिजले १-० को अग्रता बनाएको छ। दोस्रो खेल शुक्रबार हुनेछ।