‘कबड्डी–४’को प्रदर्शन मिती परिवर्तन

काठमाडौँ। बहुप्रतिक्षित नेपाली चलचित्र ‘कबड्डी–४’को प्रदर्शन मिती परिवर्तन गरिएको छ। चलचित्र अब जेठ १३ गते प्रदर्शनमा आउनेछ। निर्देशक रामबाबु गुरुङका अनुसार वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएकाले चलचित्रको प्रदर्शन मिती परिवर्तन गरिएको हो। 

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा आदि कलाकारहरुको अभिनय रहेको छ। यसअघि चलचित्रको प्रदर्शन मिती वैशाख २३ गते राखिएको गरिएको थियो। बाँसुरी फिल्म्सको ब्यानरमा बनेको चलचित्रका मणिराम पोखरेल निर्माता हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×