काठमाडौं - भारतका चर्चित मोटिभेसनल स्पिकर विवेक बिन्द्राले आफ्नी नव विवाहित पत्नीलाई निर्घात कुटेका छन् । बिहेको भोलिपल्टै श्रीमतीमाथि कुटपिट गरेर घाइते बनाएको विषयमा प्रहरीमा एफआइआर दर्ता भएको छ ।
नोएडाका डीसीपी हरिशचन्द्रले बीबीसीसँग कुरा गर्दै यसको पुष्टि गरेका छन् । यद्यपि यस घटनामा संलग्न कसैलाई पनि पक्राउ गरिएको छैन । घटनासँग सम्बन्धित धेरै भिडियोहरू सामाजिक सञ्जालमा पनि शेयर भइरहेका छन् ।
नोएडा प्रहरीले यी भिडियोहरूको पनि अनुसन्धान भइरहेको जनाएको छ। विवेक बिन्द्राले हालै बिहे गरेका थिए। विवेक बिन्द्राले ६ डिसेम्बरमा विवाह गरेका थिए । श्रीमतीमाथि कुटपिटको यो घटना डिसेम्बर ७ तारिखको भएको बताइएको छ । श्रीमतीसँगको झगडाको भिडियो पनि सामाजिक सञ्जालमा शेयर भइरहेको छ ।
यी भिडियोबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बिन्द्राबाट यी आरोपबारे अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। विवेक बिन्द्रा एक प्रसिद्ध युट्युबर र एक ठुलो व्यापारको सीईओ हुन् ।
पछिल्लो समय बिन्द्रा जातीय टिप्पणीलाई लिएर पनि विवादमा छन् ।