भारत। सफल दक्षिण भारतीय चलचित्र ‘पुष्पाः द राइज’ प्रदर्शनमा आएको पनि लामो समय भएको छ। चलचित्र १७ डिसेम्बरबाट प्रदर्शनमा आएको थियो। तर, अझै पनि चलचित्रले कमाइ गरिरहेको छ।
चलचित्रमा अभिनेता अल्लु अर्जुनको अभिनय र स्टाइलले प्रशंसकहरुको मन जितेको छ। त्यसैगरि अभिनेत्री रश्मिका मन्डन्नालाई पनि प्रशंसकहरुले मनपराएका छन्।
अल्लु अर्जुन र रश्मिका मन्डन्नाको यो चलचित्रलाई हिन्दी भर्सनका दर्शकले पनि धेरै रुचाएका छन्। चलचित्रको हिन्दी भर्सनले मात्र १०० करोड भारतीय रुपैँयाको व्यापार गरेको छ।
गोल्डमाइन्स टेलिफिल्म्सले आफ्नो ट्विटरमार्फत चलचित्रको हिन्दी भर्सनले १०० करोड भारतीय रुपैँया कमाएको जानकारी दिएको हो।