नवौँ राष्ट्रिय खेलकुद: पुरुष क्रिकेटअन्तर्गत आज ४ खेल हुँदै

काठमाडाैँ - नवौँ राष्ट्रिय खेलकुद पुरुष क्रिकेटअन्तर्गत आज ४ खेल हुँदैछन्। खेल बिहान ९ः१५ बजेबाट कीर्तिपुर र मुलपानी क्रिकेट रंगशालामा सुरु हुनेछ।

टियुमा हुने पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मी र मधेस प्रदेशबीच प्रतिष्पर्धा हुनेछ। खेल बिहान ९ः१५ बजेबाट सुरु हुनेछ। टियुमा हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच खेल हुनेछ। यो खेल दिउँसो १ः१५ बजेबाट सुरु हुनेछ।

त्यस्तै, मुलपानी मैदानमा हुने पहिलो खेलमा प्रदेश १ र एनआरएनएबीच प्रतिष्पर्धा हुने तालिका रहेको छ। यो खेल बिहान ९ः१५ बजेबाट सुरु हुनेछ।

मुलपानी मैदानमा हुने दोस्रो खेलमा बागमती प्रदेश र नेपाल एपिएफ क्लबबीच खेल हुनेछ। यो खेल दिउँसो १ः१५ बजेबाट सुरु हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×