काठमाडौँ - अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता अर्पण थापाद्वारा अभिनित फिल्म 'चिसो मान्छे'को टिजर सार्वजनिक भएको छ। उक्त टिजरमा स्वस्तिमालाई कर्णालीको भेषभूषामा देखाइएको छ। दीपेन्द्र के खनालको लेखन, छाँयाकन तथा निर्देशन रहेको उक्त फिल्मको टिजमा अभिनेता अर्पण सहिद देशभक्त खनाललाई पनि प्रस्तुत गरिएको छ।
यस फिल्मले कर्णाली क्षेत्रको कथावस्तुलाई समेटेको अँकलन टिजर मार्फत गर्न सकिन्छ। यस फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन्। यसको सम्पादन दीर्घ गुरुङले गरेका छन्। ‘चिसो मान्छे’मा देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ भने यसको सार्वजनिक मिति असार ३ गतेलाई तोकिएको छ।
हेर्नुहोस् टिजर