जिब्रोको क्यान्सरपीडित थापाको भारतमा बिचल्ली; आर्थिक सहयोगको अपिल

काठमाडौँ । जिब्रोको क्यान्सरबाट पीडित कञ्चनपुरस्थित शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका दलबहादुर थापाको आर्थिक अभावमा भारतको मुम्बईमा बिचल्ली भएको छ। 

खर्च अभावका कारण मुम्बइस्थित अधेरी अस्पतालमा थापाको उपचार प्रभावित भएको छ। थापाको जिब्रोको शल्यक्रिया गरिएको छ। थप उपचारका लागि रकम अभाव भएको थापाका साथी अमरबहादुर साउदले भने, “अस्पतालले उपचार रकम माग गर्न थालेको छ, परिवारजनले उपचार खर्च जुटाउन सकेका छैनन्।” थापासँग जग्गाको नाममा चार धुर मात्र छ। भारतमा लामो समयदेखि चौकीदारी गर्दै आएका उनको पाँचजनाको परिवार छ। “आफै बिरामी परेपछि परिवारको समेत बिचल्ली भएको छ”, साउदले भने। जिब्रोको शल्यक्रिया गरेको शुल्क अस्पताललाई तिर्न बाँकी छ। पैसा दिन नसक्दा हाल उनको उपचार बन्द छ। थापालाई अस्पतालबाट घर ल्याउनसमेत दिइएको छैन।

बेलडाँडीका युवाले केही सहयोग रकम जम्मा गरेका छन्। सो रकम न्यून भएको स्थानीय भरतबहादुर साउदले बताए। “त्यो रकमले मुम्बई पुग्नै सकिँदैन। अन्य कुनै निकायले सहयोग गरे मुम्बईसम्म पुग्न सकिन्थ्यो”, उनले भने। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×