चलचित्र ‘दोख’को सकेन्ड टिजर सार्वजनिक

काठमाडौँ - नेपाली कथानक चलचित्र ‘दोख’को सकेन्ड टिजर सार्वजनिक भएको छ। चलचित्रको सार्वजनिक टिजरमा दीया मास्के, मनिष निरौलालगायत कलाकार फिचर्ड रहेका छन्। 

लामो समयको पर्खाइ पश्चात् प्रदर्शन तय गरेको फिल्म ‘दोख’ ले प्रचारप्रसारलाई तीव्रता दिइरहेको छ। गाउँले परिवेश, जीवनशैली, द्वन्द्व र फुटबललाई विषय बनाएको फिल्मलाई अनुप बरालले निर्देशन गरेका हुन्।

 माओवादी जनयुद्ध बेलाको घटनाक्रम र परिदृश्यलाई टिजरमा प्रस्तुत गरिएको छ। द्वन्द्व कालमा सामुदायिक बनको मुद्दालाई लिएर दुई वटा गाउँबिचको किचलोको कथालाई फिल्ममा देखाइएको निर्देशक बरालले बताएका छन्। यो फिल्म निर्माणको ७ वर्षपछि प्रदर्शनमा आउन लागेको हो।

चलचित्र असार २४ गतेबाट रिलिज हुँदैछ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×