चाइना - चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र रुसले रणनीतिक समन्वयलाई निरन्तरता दिनुपर्ने धारणा प्रस्तुत गरेका छन्। चीन र रुसले रणनीतिक समन्वयात्मक जोडलाई कायम राख्ने र नयाँ युगको लागि चीन र रुसबीचको बृहत्तर रणनीतिक साझेदारीको समन्वयलाई प्रगाढ बनाउने कुरा राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले सोमबार बताएका छन्।