मतदान गर्न आउँदै गर्दा दुर्घटनामा परे प्रदेशसभा सदस्य

दाङ - राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी हुन आज दाङको घोराही आउँदै गर्दा लुम्बिनी प्रदेशसभा सदस्य तुलसी चौधरी सामान्य घाइते भएका छन् । 

उनी सवार शुद्धोदन गाउँपालिकाको बा२झ ३४४४ नंको स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाँटेमा लु१प २५८४ नंको ट्रकसँग ठक्कर खाएको थियो । उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए । 

सो गाडीमा सवार गाउँपालिका अध्यक्ष किशुचन्द चौधरी र उपाध्यक्ष शान्तादेवी ज्ञवाली पनि घाइते भएका छन् । घाइते दुवै जनाको भालुवाङ अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×