पल शाह प्रकरणमा यसो भन्छिन् प्रियंका कार्की

काठमाडौँ। पल शाह प्रकरणमा बिभिन्न चलचित्रकर्मीले आफ्नो धारणा राखिरहेको बेला अभिनेत्री प्रियंका कार्कीले आफ्नो धारणा व्यक्त गरेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो कुरा राखी हुन्। सञ्जालमा उनले 'कसैले म पीडित हुँ भन्दा उसकै चरित्रमाथि प्रश्न उठाउनु जिम्मेवार समाजको काम हुन नसक्ने' जनाएकी छिन्। 

उनले लेखेकी छिन् " दुखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले "म पीडित हुँ" भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी-बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्दछु।

नाबालिगको हकमा, मैले बुझे अनुसार, उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार, उमेर नपुगेकाहरुको 'निर्णय लिन सक्ने क्षमता'लाई ध्यानमा राखेर नै बनाइएको हुन्छ। नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो। यस्तो अवस्थामा, नाबालिगले 'म पीडित हुँ' भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन।

बाँकी काम कानुनको, वहाँहरुलाई निश्पक्ष काम गर्न दिनु हाम्रो कर्तव्य हो।"

यसअघि अभिनेत्रीहरु रेखा थापा, ऋचा शर्मा, सञ्चिता लुइँटेल, लक्ष्मी बर्देबा कलाकारले पनि पीडित किशोरीको पक्षमा आवाज उठाएका छन्। 
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×