जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

ललितपुर - महालक्ष्मी नगरपालिका–३ ईमाडोल ढुङ्गेसागुस्थित एटुजेड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेण्टका संचालक चितवन कालिका नगरपालिका–६ घर भएकी ३४ वर्षीया चमेली स्याङताङ समेत १० जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार रूपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×