जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

काठमाडौं - काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ, बाग्लुङ नगरपालिका–१४ घर भई काठमाडौं टोखा नगरपालिका–५ बस्ने ४९ वर्षीय कृष्ण प्रसाद श्रेष्ठ समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८८ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×