ओटीटीमा फिल्म ‘मेजर’

काठमाडौँ - दक्षीण भारतीय फिल्म ‘मेजर’ ओटीटीमा रिलिज भएको छ। ओटीटी जायन्ट नेटफ्लिक्समा रिलिज भएको फिल्मले राम्रो प्रतिक्रिया बटुलिरहेको छ। सामाजिक सञ्जालमा फिल्मको चर्चा बढेपछि यसलाई हेर्नेको संख्या बढेको छ। 

‘मेजर’ मा शहिद एनएसजी कमान्डो सन्दीप उन्नीकृष्णनको जीवनमा आधारित फिल्म हुनेछ। उन्नीकृष्णन मुम्बईमा नोभेम्बर २६ मा भएको आतङ्ककारी आक्रमणमा सहिद भएका थिए।

यसपटक मुम्बईको ताज अट्याकलाई मेजर सन्दीपको जीवनीबाट देखाइएको छ। ‘मेजर’ को निर्माण तेलुगु सुपरस्टार महेश बाबुको कम्पनी जीएमबी इन्टरटेनमेन्ट, सोनी पिक्चर्स र ए प्लस एस मुभिजले निर्माण गरेका हुन्। 

फिल्मका निर्देशक शशि किरणले गरेका छन्। फिल्ममा मेजरको भूमिकामा अदिवी शेष रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×