कलाकार मदनकृष्ण श्रेष्ठ लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित

काठमाडौँ - पेज थ्री पाक्षिक पत्रिकाको आयोजनामा पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४२ हालै राजधानीको राष्ट्रिय सभागृहमा सम्पन्न भएको छ। उक्त अवार्ड कार्यक्रममा नेपाल भाषाका सगीत, म्युजिक भिडियो र फिल्म क्षेत्रका ४६ विधामा अवार्ड प्रदान गरिएको थियो। समारोहमा ख्यातिप्राप्त हास्यव्यग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठलाई पनि लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ। 

कार्यक्रममा ईलोहं प्रकाशनका संरक्षक धर्मवीर शाक्यले दोसल्ला ओढाएर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले लाइफटाइम सम्मान पत्र प्रदान गरेर मदनकृष्णलाई सम्मान गरेका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×