पर्सामा दुईजना मृतावस्थामा फेला

पर्सा।पर्सामा दुईजना मृतावस्थामा फेला परेका छन्।  जिल्ला प्रहरी कार्यालयले आज दिएको जानकारीअनुसार पर्साको पोखरियामा एकजना प्रहरी जवान तथा हेटौँडाबाट वीरगञ्ज आउँदै गरेको बसमा एक भारतीय नागरिक मृतावस्थामा फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी भएका प्रहरी जवान रिपुकुमार गिरी पोखरीया नगरपालिका–४ निवासी साथी जितेन्द्र रौनियारको कोठामा बेहोस अवस्थामा भेटिएको र निजका भाइ प्रहरी जवान अरविन्द गिरीले बेहोस अवस्थामा नै नारायणी अस्पतालमा उपचारमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। मृतक प्रहरी जवानको शवपरीक्षणपछि परिवारलाई जिम्मा लगाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको खनालले जानकारी दिए। 

यसैगरी वीरगञ्ज, महानगरपालिका–६ रेशमकोठीमा रहेको शिखर डिक्सनरी कम्पनीबाट ४०/४५ जना स्टाफहरू पिकनिक मनाउन ना५ख ७७६ नंको बस रिजर्भ गरी मकवानपुरको हेटौँडा गएको र पिकनिक मनाई वीरगञ्ज, फर्केर आउँदा कम्पनीका स्टाफ भारत विहार रक्सौल निवासी ५५ वर्षीय मनोज श्रीवास्तव बसकै सिटमा अचेत अवस्थामा रहेको र उपचारका लागि वीरगञ्जस्थित तराई अस्पतालमा पुर्याउँदा  चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक खनालले बताए। मृतकको शवपरीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×