प्लेयर टू वाच: भर्जिल भान डाइक, नेदरल्यान्ड्स

काठमाडौँ - ‘भर्जिल भान डाइक अहिले विश्वकै उत्कृष्ट सेन्टर ब्याक हुन्,’ म्यानचेस्टर युनाइटेडका लिजेन्ड रियो फर्डिनान्डले यो वर्षको सुरुवातमा भनेका थिए। उनलाई रोक्दै माइकल ओवेनले थपे, ‘मलाई लाग्छ उनले अहिलेसम्मै उत्कृष्ट सेन्टर ब्याक हुन्।’

बबी मुर, फ्रान्ज बेकेनबाउर, ड्यानियल पासारेला, फ्रांको बारेसी, मार्सेल देसाइली र फाबियो कानाभारोजस्ता सर्वोत्कृष्ट डिफेन्डरहरूले विश्वकपबाट नै आफूलाई फुटबलको इतिहासमा अमर बनाएका थिए। ३१ वर्ष पुगेका भान डाइकले भने अहिलेसम्म यूईएफए युरोकप पनि खेल्न पाएका छैनन्। त्यसैले यो विश्वकप उनका लागि आफ्नो नाम सुनौलो अक्षरले लेख्ने अवसर पनि हो।

नेदरल्यान्ड्सले पुनरागमनमा ३१ वर्षीय सेन्टर ब्याक भान डाइकको भूमिका महत्त्वपूर्ण रहेको छ। लिभरपुलमा लिगदेखि च्याम्पियन्स लिगको उपाति जितिसकेका उनको ध्याउन्न भनेको राष्ट्रिय टोलीलाई विश्वकपको उपाधि दिलाउनु रहेको छ।

सन् २०१९ मा उनी बेस्ट फिफा मेन्स प्लेयर अवार्डमा लियोनेल मेस्सीसँग पछि परेका थिए। तर, त्यतिबेला मेस्सीले उनलाई ‘पूर्ण खेलाडी’ भन्दै तारिफ गरेका थिए। अर्लिङ हालान्डले समेत भान डाइकलाई उनले सामना गरेका सबैभन्दा सशक्त प्रतिद्वन्द्वी भनेर व्याख्या गरेका छन्। सन् २०१५ मा नेदरल्यान्ड्सका लागि डेब्यू गरेका भान डाइकले ५१ खेल खेल्दै ६ गोल गरिसकेका छन्।

समूह ए मा रहेको नेदरल्यान्ड्सले प्रतियोगिताको पहिलो खेलमा सेनेगललाई पराजित गरेको थियो। दोस्रो खेलमा भने टोली इक्वेडरसँग १-१ को बराबरीमा रोकिएको थियो। आज कतारविरुद्धको खेलमा बराबरी वा जीत हासिल गरे टोली प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×