विश्वकप फुटबलः रिचार्लिसनको दुई गोलमा ब्राजिलको विजयी सुरुवात

काठमाडौँ - रिचार्लिसनले दुई गोल गरेपछि उपाधिको मुख्य दाबेदारको रुपमा कतार पुगेका ब्राजिलले फिफा विश्वकप फुटबलको पहिलो खेलमा सर्बियालाई २-० ले पराजित गरेको छ।

समूह जी अन्तर्गत लुसे स्टेडियममा भएको खेलमा रिचार्लिसनले दुवै गोल दोस्रो हाफमा गरेका थिए। पहिलो हाफमा सर्बियाले ब्राजिललाई गोल रहित बराबरीमा रोक्न सफल भएको थियो। तर दोस्रो हाफमा रिचार्लिसनले ६२औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए।

त्यसको ११ मिनेटपछि उनले व्यक्तिगत दोस्रो गोल गरे जुन आफैँमा उत्कृष्ट थियो। भिनिसियस जुनियरको पासमा पेनाल्टी बक्समा रहेका रिचार्लिसन त्यसलाई कन्ट्रोल गर्दै बाइसाइकल किकमार्फत गोल गरेका थिए।

टोटनहमका फरवार्ड रिचार्लिसनले आर्सनलका गाब्रीएल जेसस र रियल मड्रिडका रोड्रिगोलाई पछि पार्दै पहिलो रोजाईँमा खेलेका थिए र आफूलाई प्रमाणित समेत गरेका छन्।

जितपछि ब्राजिल ३ अंक जोड्दै समूह जी को शीर्ष स्थानमा रहेको छ। सर्बिया अंकविहीन छ। यसै समूहको अर्को खेलमा क्यामरुनलाई हराएको स्वीट्जरल्याण्डको पनि ३ अंक नै छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×