सानीभेरी नदीमा ‘र्याफ्टिङ ’गर्न सकिने

रुकुम - रुकुमपूर्वस्थित सानीभेरी नदीमा जलयात्रा (¥याफटिङ) गर्न सकिने भएको छ। लुम्बिनी प्रदेश ,पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयको प्राविधिक टोलीले हालै नदीमा जलयात्राका लागि गरेको परीक्षण सफल भएकोे छ।  मन्त्रालयका प्राविधिक विवेक शाहले भने, “ सानीभेरी नदीमा जलयात्रा गर्न सकिने छ। यसका लागि परीक्षण गर्दा सफल भयो। यस वर्ष  प्रदेशका विभिन्न नदीमा गरेका परीक्षणलाई केलाउँदा यो नै उत्कृष्ट परीक्षण हो। ”

टोलीले भुमे गाउँपालिका–५ को सौरीखोलाबाट बालुवा, सिस्ने–६ को धाउने र ७ को नाथिगाड हुँदै सिस्नेरीसम्म ¥याफ्टिङ परीक्षण गरेको थियो। सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, गाउँपालिकाका इञ्जीनियर कर्ण केसी, प्रशासन प्रमुख अरुणकुमार ओली, होटल तथा पर्यटन व्यवसायी सुनिल रोका लगायतले परीक्षण जलयात्रामा सहभागी भएका थिए।
 
सो अवसरमा गाउँपालिकामा अध्यक्ष बरालले सिस्नेको थप विकासका लागि पर्यटनलाई ध्यान दिन जरुरी रहेको बताएका थिए। सानीभेरी नदीको करिब १३ किलोमिटर क्षेत्रमा जलयात्रा गरिएकोे थियो। यसअघि रोल्पाको माडीखोला, प्यूठानको माण्डबी नदी र दाङको राप्ती नदीमा जलयात्रा को परीक्षण गरिएको थियो। अहिलेसम्म गरिएका परीक्षणलाई हेर्दा पानीको सतह, बहने गति र भूगोलका दृष्टिकोणले सानीभेरी र्याफ्टिङको राम्रो सम्भावना बोकेको नदी भेटिएको प्राविधिकहरूले निष्कर्ष निकालेका छन्। अब दाङको बबई र पाल्पाको कालीगण्डीमा परीक्षण गर्न बाँकी छ।

सानीभेरी नदीको तिरमै तातोपानीको मुहान भएकाले पनि जलयात्राका लागि यस नदी उत्कृष्ट हुने जनाइएको छ। चिसो तातोपानीमा गएर विसर्जन गर्न सकिने हुदाँ सानीभेरी जलयात्राका लागि उत्तम मानिने छ। अब यहाँको परीक्षण प्रतिवेदन प्राविधिक टोलीले मन्त्रालयमा लगेर बुझाउने छ। मन्त्रालयलले प्रदेशभरिका नदीको प्रतिवेदन अध्ययन गरी उत्कृष्ट ठाउँ छनोट गर्नेछ। राम्रो सम्भावना बोकेको ठाउँमा जलयात्राको विकास र पर्यटन प्रवद्र्धन गर्न प्रदेश सरकारले लगानी गर्ने योजना बनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×