काठमाडौँ - महिला युराे कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा घरेलु टोली इंग्ल्याण्ड विजयी भएका छ। उसले गएराति समूह ए को खेलमा नर्दन आयरल्याण्डमाथि ५-० को फराकिलो जित निकालेको हो।
सेन्ट मेरिज् स्टेडियममा फ्रान किर्बीकाे गाेलमार्फत इंग्ल्याण्डले अग्रता लिएकाे थियाे। ४४ औं मिनेटमा बेथ मिडले टाेलीकाे अग्रता दाेब्बर बनाइन्।
४८ औं र ५३ औं मिनेटमा एलेसिया रूसाेले गाेल गर्दा इंग्ल्याण्ड ४-० ले अघि बढ्याे। ७६ औं मिनेटमा केल्सी बुरोजले आत्मघाती गाेल गरेपछि घरेलु टाेलीले ५-० काे फराकिलाे जित निकाल्यो।
याेसँग शतप्रतिशत जितका साथ ३ खेलमा ९ अंक जाेडेकाे इंग्ल्याण्ड समूह विजेता बन्दा नर्दन आयरल्याण्ड बिना अंक पुछरमा रहेर बाहिरिएकाे छ।
यहि समूहकाे अर्काे खेलमा अस्ट्रेयाले नर्बेमाथि १-० काे कठिन जित हात पारेकाे छ।
फाल्मेर स्टेडियममा खेलकाे ३७ औं मिनेटमा निकाेल बिलाले गरेकाे १ मात्र गाेल अस्ट्रेयालाई जित दिलाउन पर्याप्त बन्याे।
याे जितसँगै ३ खेलमा ६ अंक जाेडेकाे अस्ट्रिया समूह उप विजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गर्दा समान खेलमा ३ अंकका साथ नर्बे तेस्रो स्थानमा रहेर बाहिरिएको छ।