विश्वकपमा आज चार खेल हुँदै

काठमाडौँ - फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार बिभिन्न चार खेलहरु हुँदैछन्। आज समूह ‘सी’ र समूह ‘डी’ का २-२ खेलहरु हुन लागेका हुन्।

आज हुने पहिलो २ खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘डी’ अन्तर्गत हुने अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजेबाट सुरु हुनेछ।  यस खेलहरुबाट समूह ‘डी’ बाट प्रि-क्वाटरफाइनलमा पुग्ने एक गोलीको निर्णय हुनेछ। फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ।

फ्रान्सले तालिकामा २ खेलबाट ६ अंक जोडेर अन्तिम १६ मा पुगेको हो। त्यस्तै अष्ट्रेलियाको ३ अंक हुँदा डेनमार्क र ट्युनिसियाको समान १-१ अंक छ।

आज हुने दोस्रो २ खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्यान्डसँग खेल्नेछ। आजको खेलमा अर्जेन्टिनालाई जित्नै पर्ने दबाबा छ। पोल्यान्डसँग अर्जेन्टिनाको बराबरी भएपनि प्रतियोगिताबाट बाहिरिने छ।

यसै समयमा हुने अर्काे खेलमा साउदी अरब र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ। समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ। समूह ‘सी’ मा पोल्यान्ड २ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। अर्जेन्टिना र साउदी अरेयिबा समान ३-३ अंक जोडेर क्रमस दोस्रो र तेस्रो स्थानमा रहँदा मेक्सिको तालिकाको पुछारमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×