भारत। दक्षिण भारतीय अभिनेत्री सामंथाले वेब सिरिज 'द फ्यामिली म्यान'का लागि बेस्ट एक्ट्रेस ओटीटीको फिल्मफेयर अवार्ड हात पारेकी छिन्। अभिनेत्रीले यो खुशी आफ्नो सामाजिक सञ्जालमार्फत शेयर गरेकी हुन्। पोस्टको क्याप्सनमा उनले लेखेकी छिन् "यो मेरो ५औं ब्ल्याक लेडी हो।" सामाजिक सञ्जालमा अभिनेत्रीको निकै प्रशंसा भइरहेको छ। सामंथाले केहि समयअघि मात्र पति नागा चैतन्यसँग सम्बन्धबिच्छेद गरेकी छिन्।