ट्र्याक खुलेको साढे ४ दशकपछि कालोपत्रे !

सुर्खेत। वर्षात्मा हिलाम्मे र हिलाम्मे हुनु सुर्खेतका ग्रामीण सडकको मुख्य समस्या हो । जिल्लाका अधिकांश ग्रामीण बस्ती सडक सञ्जालमा जोडिएका छन् । तर, जिल्ला सदरमुकामदेखि गाउँसम्मका लागि खोलिएका अधिकांश ग्रामीण सडकको स्तरोन्नति समयमा गर्न नसक्दा चालक, यात्रु र स्थानीयले कष्ट भोग्नु परिरहेको छ । तर, पछिल्लो समय मदन भण्डारी राजमार्गले छोएपछि धुलियाबिट–भेडाबारी सडकको अवस्था भने फेरिएको छ ।

ट्र्याक खुलेको करिब साढे चार दशकपछि यो सडकको कालोपत्र गर्न लागिएको छ । तत्कालीन राजा वीरेन्द्र सुर्खेत आउने भएपछि उनलाई देखाउनकै लागि २०३२ सालमा यो सडकको ट्र्याक खोलिएको थियो । त्यसयता लामो समयसम्म स्तरोन्नति र कालोपत्र हुन नसकेको सडकलाई मदन भण्डारी राजमार्गले छोपछि अहिले कालोपत्रको काम शुरू गर्न लागिएको हो ।

जिल्लाकै पुरानो सडकमध्येको एक धुलियाबिट–भेडाबारी सडकको कालोपत्रको ठेक्का कालिका वेदान्सी जेभीले पाएको छ । राजमार्ग आयोजना निर्देशनालयलले सडक स्तरोन्नति तथा कालोपत्रका लागि गत वैशाखमा एक अर्ब ५१ करोड रुपैयाँमा बोलपत्र आह्वान गरेको थियो । कम्पनीले घटेर एक अर्ब तीन करोड रुपैयाँमा सम्झौता गरेको छ ।

उक्त सडकले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित धुलियाबिटबाट भेरीपारिका बस्ती लेकबेसी हुँदै गुर्भाकोट नगरपालिकाको भेडाबारीसम्म जोड्छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार अब यो सडकखण्ड नौ मिटर चौडाइसम्म कालोपत्र गरिने भएको छ । डीपीआर अनुसार बोटेचौरदेखि धुलियाबिटसम्म ३५ किलोमिटरभन्दा बढी स्तरोन्नती हुनेछ । आर्थिक अभियान दैनिकमा समाचार छापिएकाे छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×