विश्वचर्चित फेसन म्यागजिन भगको कभरमा नेपाली सुपरमोडल अञ्जली लामा

काठमाडौँ - विश्वचर्चित फेसन म्यागजिन भगले नेपाली सुपरमोडल अञ्जली लामालाई कभर पृष्ठमा स्थान दिएको छ।

‘फेसनको बाइबल’ समेत मानिने भगको कभरमा स्थान पाउने उनी दोस्रो नेपाली हुन्। यसअघि फेसन डिजाइनर प्रबल गुरुङलाई पनि भगले कभरमा स्थान दिएको थियो। भगको भारतीय संस्करणको अगस्ट महिनाको कभरमा अञ्जलीलाई देख्न पाइनेछ।

अल्पसंख्यक लैंगिक समुदायको प्रतिनिधित्व गर्दै मोडलिङमा होमिएकी अञ्जलीले न्युयोर्क फेसन विकमा र्‍याम्प नापेकी छन् भने उनी हालै छायांकन सम्पन्न एक बलिउड-हलिउड संयुक्त लगानीको फिल्ममा पनि देखिएकी छन्।

जहाँ उनलाई बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग स्क्रिन सेयर गरेको अवतारमा देख्न सकिन्छ। ‘लामाको व्यक्तिगत र व्यावसायिक यात्राको कथा विश्वले थाहा पाउनु जरुरी छ,’ भगको कभरस्टोरीमा क्ओल चु लेख्छिन्।

‘मलाई थाहा छ कि अल्पसंख्यक लैंगिक समुदायबारेमा चेतना फैलाउन फेसनले उत्कृष्ट माध्यमको रुपमा काम गर्न सक्छ,’ भगसँग अञ्जलीले भनेकी छन्, ‘म फेसनमार्फत आफ्नो पहिचान बताउन सक्छु। यसैमार्फत नाम कमाएकी छु।'

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×