ताप्लेजुङ - ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्ष पदमा डम्बर हाङ्गाम निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनले दुई हजार ८६९ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का केदारजङ्ग चोङ्वाङले दुई हजार ७७० मत प्राप्त गरका छन्। यसैगरी उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का दुर्गाप्रसाद चोङ्वाङ निर्वाचितभएका छन्। उनी दुई हजार ५९८ मतसहित विजयी भएका हुन्।
यसैगरी फक्ताङलुङ गाउँपालिका अध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र_का राजन लिम्बू निर्वाचित भएका छन्। उनले दुई हजार ६६० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरोज एभेङले दुई हजार ३१२ मत प्राप्त गरेका छन्। नव निर्माचित एभेङ अघिल्लो निर्वाचनमा निर्वाचित भई गाउँपालिका अध्यक्ष थिए। यसैगरी उपाध्यक्षमा कांग्रेसका रबिन साम्रा लिम्बूले दुई हजार ३५८ मत प्राप्त गरेका छन्।