काठमाडौँ - वेस्ट ह्याम युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार नयाँ सिजनको पहिलो जित निकालेको छ। उसले भिल्ला पार्कमा भएको खेलमा एस्टन भिल्लालाई १-० ले हराएको हो।
पहिलो हाफमा भिल्लाले गरेको गोललाई मान्यता दिइएको थिएन। एजरी कोन्साले बललाई पोस्टको दिशा दिए पनि त्यसलाई गोल मानिएन। त्यस अगाडि लुकास डिग्नको कर्नर मैदानबाट बाहिरिएको पाइएको थियो। दोस्रो हाफमा वेस्ट ह्यामले सुधारिएको खेल प्रदर्शन गरेको थियो। यसैक्रममा खेल सकिन १६ मिनेट अगाडि फोर्नाल्सले निर्णायक गोल गरेका थिए। यो जितपछि वेस्ट ह्यामले अंक तालिकाको पुछार छाडेर १६ औं स्थानमा उक्लेको छ।
वेस्ट ह्यामको ४ खेलबाट ३ अंक भएको छ। यसअघि टिम लगातार ३ खेलमा पराजित रहेको थियो।