रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र पूर्व ऊर्जा प्रमुख कुलमान घिसिङ आगामी निर्वाचनमा संयुक्त रूपमा अघि बढ्ने सहमतिमा पुगेका छन्। हिजो भएको छलफलपछि उनीहरूबीच नयाँ राजनीतिक समझदारी बनेको हो। स्रोतका अनुसार सुशासन, पारदर्शिता र संस्थागत सुधारलाई मुख्य एजेन्डा बनाएर चुनावी मैदानमा उत्रिने तयारी गरिएको छ। फरक–फरक क्षेत्रमा जनसमर्थन हासिल गरेका यी तीन व्यक्तित्वको एकताले आगामी निर्वाचनमा नयाँ राजनीतिक समीकरण बन्ने र परम्परागत दलहरूलाई दबाब पर्ने विश्लेषण गरिएको छ।