युरोपा लिगमा रोमाको रोमाञ्चक जित

काठमाडौँ - युरोपा लिगमा इटालियन क्लब रोमाले जित हात पारेको छ। उसलले समूह ‘सी’ अन्तर्गतको खेलमा फिनल्याण्डको एफसी एचजेकेविरुद्ध २-१ को रोमाञ्चक जित हात पारेको हो।

एचजेकेको घरेलु मैदान सोनेरा स्टेडियममा रोमालाई जित दिलाउन टमी अब्राहमले १ गोल गर्दा १ गोल आत्मघाती उपहारस्वरूप प्राप्त भएको थियो। घरेलु टोलीका लागि पेर्परिम हेतेमाजले १ गोल फर्काएका थिए।

खेलको ४१ औं मिनेटमा अब्राहमको गोलमार्फत रोमाले सुरुवाती अग्रता लिएको थियो। ५४ औं मिनेटमा हेतेमाजले एचजेकेलाई बराबरीमा ल्याएका थिए। ६४ औं मिनेटमा आर्टु होस्कोनेनले आत्मघाती गोल गरेपछि रोमाले २-१ को रोमाञ्चक जित निकाल्यो। उनले स्टेफन एल शरावीको क्रमलाई रोक्न खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।

यो जितसँगै ५ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको रोमाले नक आउट चरणको सम्भावना जीवितै राख्दा पराजित एचजेके समान खेलबाट एक अंकका साथ पुछरमा रहेको छ। यही समूहको अर्को खेलमा रियल बेटिसले लुडोगोरेट्ससविरुद्ध १-० को जित निकाल्यो। लिगअन्तर्गतकै अन्य खेलमा नान्टेस र कर्भिना जेभेज्दाले पनि जित हात पारेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×