काठमाडौ- सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत आज सम्पन्न खेलमा स्वयम्भु क्लब र मनोहरा युनाइटेड युथ क्लबले बराबरी गोल गरेका छन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुवै टोली १–१ को बराबरीमा रोकिएका हुन्। सुरुवाती अग्रता जोगाउन नसक्दा स्वयम्भु अंक बाँड्न बाध्य बनेको हो।
खेलको ४८ औं मिनेटमा अनिश महर्जनले स्वयम्भूलाई सुरुवाती अग्रता दिलाएका थिए। ८४ औं मिनेटमा सुजन बलम्पाकी मगरले गोल गर्दै मनोहरालाई १–१ को बराबरीमा ल्याए।
यो बराबरीसँगै मनोहराले दुई खेलमा चार अंक जोड्दा स्वयम्भूको समान खेलबाट एक अंक छ।
जारी लिगमा १४ टोली सहभागी छन्। जसमध्ये शीर्ष दुई टोली दोस्रो डिभिजनमा बढुवा हुँदा पुछारका दुई टोली भने घटुवा हुनेछन्।