आईसीसी टी-ट्वान्टी वरीयतामा नेपालका दिपेन्द्र सिंह ऐरीलाई ठूलो सफलता

काठमाडौँ आईसीसी टी-ट्वान्टी वरीयतामा नेपालका दिपेन्द्र सिंह ऐरीले ठूलो सफलता पाएका छन्। आईसीसीले टी-ट्वान्टी ब्याटिङतर्फको वरीयता सार्वजनिक गरेको हो। मंगलबार सार्वजनिक वरीयता अनुसार दिपेन्द्र ५२ औं स्थानमा रहेका छन्। ओमानमा सम्पन्न चारदेशीय सिरिजपछि आईसीसीले वरीयता सार्वजनिक गरेको हो।

वरीयताको सय खेलाडीमा नेपालका कुशल भुर्तेल ६५ औं स्थानमा छन्। बलिङतर्फ भने कप्तान सन्दीप लामिछाने ६३ औं स्थानमा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×