अनमोल केसी पक्राउ

काठमाडौँ - अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनलाई आपराधिक विश्वासघात गरेको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुरको साँगाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चलचित्र 'रावायण'का लागि अनमोलले अग्रिम १० लाख रुपैयाँ लिएका थिए । पूर्वनिर्धारित तालिका अनुसार चलचित्र गएको बुधबारबाट छायांकन हुनुपर्ने थियो । तर, अनमोल छायांकनका लागि तयार नभएपछि निर्माण पक्षले उनीसँग पैसा फिर्ता मागेको थियो ।

पैसा फिर्ता नदिएपछि निर्माण पक्षले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×