तीनै तहकाे निर्वाचन एकै पटक गर्ने तयारी, प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच मंगलवार छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनबारेमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन्।

स्थानीय तहको निर्वाचनबारे छलफल गर्ने गरी प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीहरुलाई मंगलबार बालुवाटारमा बाेलाएकाे बताइएकाे हाे ।

सत्तारुढ गठबन्धन आगामी कात्तिक वा मंसिरमा तीनै तहको निर्वाचन गर्ने विषयमा सहमति नजिक पुगेका छन् ।

तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने यसको चर्को विरोध गर्दै निर्वाचन सारिए आफूहरुलाई मान्य नहुने चेतावनी दिएको छ ।

तर, सत्तापक्षीय गठबन्धनले भने तीनै तहको निर्वाचन एकै चरणमा गर्नेगरि छलफल अघि बढाएको छ । यसको लागि स्थानीय तह निर्वाचन ऐन संशोधन गर्नेगरि तयारी थालेको छ । यता निर्वाचन आयोगले तीनै तहको निर्वाचन एकै चरणमा गर्न नसकिने भन्दै आएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×