सर्लाहीमा अझै पुगेन 'बुस्टर’ डोज खोप !

काठमाडाैं । सरकारले मुलुकभर माघ २ गतेबाट कोरोना भाइरस (कोभिड–१९)विरुद्धको 'बुस्टर’  मात्रा  खोप  लगाउन  शुरू गरे  पनि  सर्लाहीमा  भने  उक्त  खोप  अझैसम्म आइपुगेको छैन ।

जिल्ला  स्वास्थ्य  कार्यालय  तथा  जिल्ला  अस्पताल  मलङ्गवाका  प्रमुख  डा.  नवलकिशोर  झाले  'बुस्टर’  मात्रा  खोप  सर्लाहीमा  आई  नसकेको  बताए ।

प्रदेशबाट  आउनुपर्ने  खोपहरू  अहिलेसम्म  नआएको  र  आउने  बित्तिकै  खोप  लगाउन  सुरु गरिने डा. झाले बताएका छन् । सरकारले माघ २ गतेबाट ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयमार्फत मुलुकभर 'बुस्टर’ मात्रा खोप लगाउने घोषणा गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला  स्वास्थ्य  कार्यालयहरूलाई  पत्र  लेखेर  अग्रपङ्क्तिमा  खटिनेहरूलाई  माघ  २  गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि 'बुस्टर’ मात्रा खोप दिन आग्रह गरेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×