काठमाडौँ - कतारमा जारी फिफा विश्वकपकामा मोरक्को क्वाटरफाइनलमा पुगेको छ। मंगलबार राति एजुकेसन सिटी स्टेडियममा भएको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको हो।
पेनाल्टी सुटआउटमा स्पेनका पाब्लो सराविया, कार्लोस सोलर, सर्जियो बुस्केट्सको प्रहार विफल भएको थियो। मोरक्कोका अब्देल्लामिद साविरी, हामिक जियाच, अचरफ हाकीमीको प्रहारले पोष्टको दिशा लिएको थियो। बडर बेनौनको प्रहार भने विफल भएको थियो।
निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसके पछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।