सज्जनराज वैद्य बने २०२२ मा स्पटीफाइमा धेरै सुनिएका नेपाली गायक (सूचीसहित)

काठमाडौँ - सन् २०२१ मा नेपालमा लन्च भएयता इन्टरनेटमा विश्वकै ठूलो संगीत प्लेटफर्म स्पटीफाइको लोकप्रियता बढिरहेको छ। नेपाली गीत-संगीतले पनि यसमा प्रवेश पाउन थालेका छन्।

यसैबीच, स्पटीफाइले सन् २०२२ मा सबैभन्दा बढी सुनिने नेपाली गायक र संगीतबारे तथ्यांक सार्वजनिक गरेको छ, जसले स्पटीफाइका नेपाली श्रोताको रुचिबारे थाहा हुन्छ। स्पटीफाइले तीन विधा: नेपालमा बढी सुनिएको गायक, नेपालबाहिर बढी सुनिएको नेपाली गायक र नेपालभित्र बढी सुनिएको नेपाली गायकको गीतको सूची सार्वजनिक गरेको छ।

सज्जनराज वैद्य सन् २०२२ मा नेपालभित्र सबैभन्दा धेरै सुनिने गायक बनेका छन्। गायक सगुन नेपाल बाहिर सबैभन्दा धेरै सुनिएका नेपाली गायक बनेका छन् भने समीर श्रेष्ठको गीत ‘थामन हात’ स्पटीफाइमा यस वर्ष बढी सुनिएको गीत बनेको छ।

नेपालभित्र धेरै सुनिएका नेपाली गायक

१) सज्जनराज वैद्य २) ट्राइबल रेन, ३) समीर श्रेष्ठ, ४) योवेश थापा, ५) ग्यारेज म्युजिक, ६) भिटेन, ७) भेक, ८) अल्बाट्रस, ९) स्वप्न सुमन, १०) फोसिल, ११) द ड्रिमक्याचर्स अफिसियल, १२) आकाश खड्का, १३) आशुतोष केसी, १४) दोङ

नेपालबाहिर धेरै सुनिएका नेपाली गायक

१) सगुन, सज्जनराज वैद्य, २) योवेश थापा, ३) ट्राइबल रेन, ४) भिटेन, ५) समीर श्रेष्ठ, ६) ग्यारेज म्युजिक, ७) मनोज, ८) ओएसिस थापा, ९) भेक, १०) व्रिजेश श्रेष्ठ, ११) प्रवेश मल्लिक, १२) आयुष गौचन, १३) अल्बाट्रस १४) कालीप्रसाद बाँस्कोटा

नेपालभित्र बढी सुनिएका नेपाली गायकका गीत

१) थामन हात (समीर श्रेष्ठ)

२) सस्तो मुटु (सज्जनराज वैद्य)

३) नगन्य माया (सज्जनराज वैद्य)

४) लाखौं हजारौं (योवेश थापा)

५) चिट्ठीभित्र (सज्जनराज वैद्य)

६) भनाइ (ट्राइबल रेन)

७) माया (आशुतोष केसी)

८) रिसाउने भए (सुशान्त केसी)

९) माया (आयुष गौचन)

१०) मुस्कुराएर (सुशान्त केसी)

११) मायालु (भेक)

१२) मुस्कान (सज्जनराज वैद्य)

१३) आँखाले (योवेश थापा)

१४) चार दिवार (समीर श्रेष्ठ)

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×