रक्षक गौतमले छोडे त्रिभुवन आर्मी फुटबल क्लब

काठमाडौँ - रक्षक गौतम श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लब छोडेका छन्। राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका गौतमले आगामी सिजन आर्मीमा नरहने निर्णय लिएका हुन्।

गत सिजन गौतमले पहिलो पटक आर्मीको जर्सिमा ए डिभिजन लिग खेलका थिए। त्यस अघि उनी जावलाखेल युथ क्लबमा थिए।फआर्मीमा अनुबन्ध भएसगै राइट ब्याक गौतमले एएफसी कपको प्रारम्भिक छनोट खेलेका थिए। यद्यपि, आर्मी दोस्रो चरणमा स्थान बनाउन असफल रह्यो। आर्मीमा रहदा गौतमले थुप्रै मोफसल उपाधि जितेका थिए।

गौतमले व्यक्तिगत कारण आर्मी छोडेको बताएका छन्, ‘व्यक्तिगत कारण आर्मी छोडेको हो,’ गौतमले भने,’ भविष्यको बारेमा अहिले केही टुंगो गरेको छैन।’

११ असोजमा नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल खेल्दा गौतम घाइते थिए। जसका कारण उनि टोली बाहिर रहेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×