‘नाइँ नभन्नु ल ६’मा आँचल अनुबन्धित

काठमाडौ- फिल्म 'नाई नभन्नु ल' को छैटौँ सिरिजमा नायिका आँचल शर्मा अनुबन्धित हुने भएकी छिन्। आँचल सँग निर्माण टिमले मौखिक सहमति गरी सकेको छl विकास आचार्यको निर्देशन रहने फिल्मको केही दिन पछि पत्रकार सम्मेलन गर्दै औपचारिक रुपमा घोषणा गरिने छl आँचलले फिल्म ‘नाइँ न भन्नु ल ४’ बाट ठुलो पर्दा डेब्यु गरेकी थिइन्l ‘नाइँ नभन्नु ल’ का हरेक श्रृंखलामा मुख्य भूमिकामा देखिँदै आएका बाल कलाकार अनुभव रेग्मी भने यो फिल्ममा नअटाउने भएका छन्। फिल्मको लागि नायक र अन्य कलाकार भने छनोट भैसकेका छैनन्l फिल्मको छायांकन भदौको दोस्रो साताबाट सुरु हुने छl

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×