आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

कास्की - आफ्नै श्रीमती २८ वर्षीया रेखा घर्तीको हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका–२९ नौबीसे बस्ने म्याग्दी धौलागिरी गाउँपालिका–७ ताकम घर भएका ३६ वर्षीय रत्न बहादुर घर्तीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

रत्नले पोखरा महानगरपालिका–२९ नौबीसे चोकस्थित तोरी बारीमा रेखाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कर्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×