डोटी - आदर्श गाउँपालिका–२ कुचेडा बजार बस्ने ५४ वर्षीय पदम बहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–१ बस्ने ४८ वर्षीय नाउटे खड्का सहित १२ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय आदर्शबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८४ हजार ६ सय ८० रूपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।