नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पार्की दाजुभाईले रचे इतिहास

काठमाडौँ - नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गोपीराज पार्की र शिवराज पार्की दाजुभाईका लागि ऐतिहासिक रह्यो। एथ्लेटिक्सअन्तर्गत गोपीचन्द्र पार्कीले आफ्नो कीर्तिमान सुधार गर्दै ५ हजार मिटरमा स्वर्ण जिते। २ सय मिटरको स्वर्ण गोपीका भाई शिवराजले हात पारे। खेलकुदमा यस्तो अवसर विरलै आउँछ।

३३ वर्षीय एथलिट शिवराज पार्की विहानैदेखि उत्साहित थिए। २ सय मिटर दौडको तयारी गरिरहेका उनलाई आफ्नो भन्दा दाजु गोपीचन्द्रको चिन्ता बढी थियो। गोपीले १० हजार मिटरको स्वर्ण गुमाएकाले पनि भाइ शिवराजलाई बढी पीर लागेको थियो। तर गोपीले ५ हजार मिटरमा स्टेपल चेज च्याम्पियन दुर्गाबहादुर बुढालाई हराउादै स्वर्ण जिते। यसले २ सय मिटरमा प्रतिस्पर्धा गर्न लागेका शिवराजलाई थप उर्जा मिल्यो र डाइभ हान्दै सवैभन्दा पहिले फिनिसिङ लाइन पार गरे।

१३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता गोपीले व्यक्तिगत कीर्तिमान सुधार गर्दै निर्धारित दुरी, १४ मिनेट २९ दशमलब ६७ सेकेण्डमा पुरा गरेका थिए। शिवले आठौं र सातौंमा १ सय र २ सय मिटरका च्याम्पियन आशिष चौधरीलाई पछि पारेका थिए। यो विधामा गोपीको राष्ट्रिय प्रतियोगितामा ह्याटि्रक स्वर्ण हो।

१ सय मिटर, २ सय मिटर र ४ गुणा १ सय मिटर रिलेमा शिवराजले स्वर्ण जित्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाए। गोपीका लागि भने यो प्रतियोगिता एक स्वर्णमा मात्र सीमित बन्यो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×