४ पुस, काठमाडौं । जेनजी अभियन्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधि सभातर्फको समानुपातिक उम्मेदवारको दौडमा उत्रिएका छन् ।
रास्वपाले माग गरेको आवेदनअनुसार यादवले पनि समानुपातिक उम्मेदवारीका लागि आवेदन दिएका हुन् । पार्टीले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा उनी मधेशी क्लष्टरमा परेका छन् ।
गत २३ भदौमा भएको प्रदर्शनका लागि प्रशासनसँग अनुमति लिने अगुवामध्ये यादव पनि थिए, जसले उनलाई युवामाझ चर्चित बनाएको छ ।
रास्वपाले १४ पुसमा समानुपातिक उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसअघि सबै प्रदेशमा इच्छुक उम्मेदवारसँग छलफल गर्ने पार्टीको योजना छ ।