चेल्सीका मिडफिल्डर रोस बार्कले निसमा अनुबन्ध

काठमाडौँ - फ्रेन्च क्लब निसले प्रिमियर लिग क्लब चेल्सीका मिडफिल्डर रोस बार्कलेलाई क्लबमा अनुबन्धन गरेको छ। फ्रेन्च लिग वान निसले बार्कलेलाई फ्रि ट्रान्सफरमा क्लबम अनुबन्ध गरेको हो।

इंग्लिस मिडफिल्डर बार्कलेले सहमतिमै ट्रान्सफरको डेटलाइन डेमा चेल्सी छाड्ने निर्णय गरेका थिए। बार्कलेले निसमा ११ नम्बरको जर्सी लगाउने छन्। २८ वर्षीय बार्कले सन् २०१८ मा एभर्टनबाट चेल्सी आएका थिए। तर, थोमस टुचेलको प्रशिक्षणमा उनले विरलै पहिलो रोजाईमा मौका पाएका छन्।

२०१० देखि २०१८ सम्म एभर्टनमा रहेका बार्कलेले यो अवधिमा सेफिल्ड वेनस्डे र लिड्स युनाइटेडमा समान १ सिजन लोनमा बिताएका थिए। चेल्सीमा आबद्ध भएपछि बार्कलेले २०२०-२१ को सिजनमा लोनमा एस्टन भिल्लामा बिताएका थिए। त्यसपछि उनी चेल्सीमै फर्किएका थिए।

१७ वर्षकै उमेरमा प्रिमियर लिगमा डेब्यु गरेका बार्कलेले चेल्सी, एस्टन भिल्ला र एभर्टनमा गरि कुल २ सय ३२ प्रिमियर लिगमा २९ गोल र २८ असिस्ट गरेका छन्। उनले इंग्ल्यान्डबाट २०१३ देखि २०१९ को बीचमा ३३ क्याप जित्दा ६ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×