विराटनगरका सबै बस्तीमा कोरोना खोप

काठमाडौँ - विराटनगर महानगरपालिकाको– १९ बैजनाथपुरमा बसोबास गरिरहेका क्रृषिदेव समुदाय कष्टकर जीवन बिताउन बाध्य छन्।

कुनै सीप र रोजगार नभएका कारण ती समुदायको दैनिकी सञ्चालनमा सकस त छ नै, शिक्षा र अर्थिक अभावका कारण उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ। आर्थिक एवं सामाजिक रूपमा निकै पछाडि परेका यी समुदायमा कोही पनि एसइईसम्म पढेका छैनन्। तरपनि, अहिले यो समुदायका बालबालिका नजिकैका सामुदायिक विद्यालयमा अध्ययन गर्न गइरहेका छन्। हामीलाई दैनिक जीवनयापन गर्न त समस्या छ भने कसरी छोराछोरीलाई पढाउनु उनीहरुको पीडादायी प्रतिक्रिया छ।

आर्थिक एवम् सामाजिक रुपमा पिछडिएका यो समुदायका लागि विराटनगर महानगरपालिकाले आवासगृह निर्माण गरेको छ। महानगरपालिकाको आवास कार्यक्रमअन्तर्गत ह्याविटेट नामक संस्थाले सहयोग गरेर अहिले ती समुदायका ३२ परिवारका लागि आवासगृह निर्माण गरेको छ। एक परिवारका लागि दुईवटा सुत्ने कोठा, एउटा भान्सा घर र शौचालयसहितको व्यवस्थित घर ह्याविटेटले निर्माण गरिदिएको छ।

विराटनगर महानगरपालिकाले सो बस्तीमा नाला, बाटो बनाइ खानेपानीका लागि ट्युबेलसमेत जडान गरेको छ। यही भौतिक संरचनामा क्रृषिदेव परिवारको दिनचर्या चलिरहेको छ भने अहिले जाडोमा उनीहरुलाई न्यानो लुगा र पोषिलो खानेकुराको समेत अभाव देखिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×