भारत। ९० को दशकमा प्रदर्शनमा आउने लोकप्रिय भारतीय टेलिभिजन 'शक्तिमान' अब चलचित्रको रूपमा आउने पक्का भएको छ।
सोनी पिक्चर्सले आफ्नो आउँदो चलचित्रको सुचीमा 'शक्तिमान'लाई राखेको छ। सोनी पिक्चर्सले शक्तिमानको एडेप्टेशन राइट्स पनि खरिद गरिसकेको छ। शक्तिमानको भूमिकामा देखिएका कलाकार मुकेश खन्ना र सोनी पिक्चर्सले संयुक्त रूपमा चलचित्र बनाउने भएका हुन्। तर, मुकेश चलचित्रमा शक्तिमानको भूमिकामा देखिने छैनन्। यस्तो अवस्थामा शक्तिमानको भूमिका कसले निभाउछ? भन्ने धेरै दर्शकहरुको मनमा लागेको छ।
हालै 'शक्तिमान' यानीकी मुकेश खन्नाको एक तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। तस्विरमा मुकेश भारतीय टेलिभिजन कलाकार नकुल मेहतासँग देखिएका छन्। सो तस्विर बाहिरिएपछी दर्शकहरु नकुल मेहताले 'शक्तिमान'को भूमिका निभाउन सक्ने अड्कल काटीरहेका छन्।